काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा लडेर घाइते भएका छन् । गएराति बाथरुममा लडेर उनी घाइते भएका हुन् । स्रोतका अनुसार उनको टाउकोमा चोट लागेको छ ।
Advertisement
राति लडेपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । अस्पतालमा सामान्य उपचारपछि उनी निवासमा फर्किएका छsf] cgnfO{g va/sf] ;drf/df 5 . स्रोतले भन्यो, ‘टाउको टाँका लगाउनुपरेको छ । अरु स्वास्थ्य अवस्था सामान्य छ ।’
प्रचण्ड अहिले घरमै आराम गरिरहेका छन् । नेताहरु प्रचण्डलाई भेट्न उनको निवास पुग्ने क्रम जारी छ ।
स्वास्थ्यप्रति चासो राख्नेहरुलाई प्रचण्डको सचिवालय र पारिवारिक सदस्यहरुले मंगलबार राति बाथरुममा गएको बेला लडेर बाथटबमा निधार ठोक्किएकाले तीनवटा टाँका लगाउनु परेको जानकारी दिने गरेका छन् ।
प्रचण्डको सचिवालयका एक सदस्यले भने स्वास्थ्य सामान्य भएकाले नियमित काममा फर्किसकेको बताए ।








