बुटवल। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा २० प्रतिशतसम्म घटाएर बजेट ल्याउने विषयमा गृहकार्य सुरु गरेको छ ।घटेर बजेट आउँदा ३० देखि ३३ अर्बभन्दा माथि बजेट नबढाउने गरी नयाँ बजेट बनाउन आर्थिक योजना मन्त्रालय र प्रदेश योजना आयोगलाई निर्देशन दिएको छ ।
Advertisement
लुम्बिनी प्रदेश योजना आयोगका सदस्य भुवन चौधरीले प्रदेशको आन्तरिक स्रोत वृद्धि हुन नसकेको अवस्थामा आव २०८२।८३ मा यथार्थपरक, चुस्त र सानो आकारको बजेट निर्माणमा जुटेको जनाए । उनले ३० लाखभन्दा कमका योजनालाई प्राथमिकता नदिने गरी बजेट बनाउनका लागि मोटामोटी सहमति बनेको जानकारी दिए ।
यस वर्षको नीति तथा कार्यक्रममा पनि गत वर्षको जस्तै कृषि, उद्योग र पर्यटन क्षेत्रलाई नै प्राथमिकता दिने तयारीमा प्रदेश सरकार छ ।
प्रदेश सरकारको आम्दानीको स्रोत वृद्धि हुन नसकेको र अहिले पनि सङ्घीय सरकारले पठाउने बजेटमै निर्भर हुनुपर्ने भएकाले आगामी आवको बजेट कार्यान्वयन हुने गरी बजेट ल्याईदै छ ।