काठमाडौं । भारत पकिस्तानबीच बढेको तनावले नेपालमा पार्नसक्ने असरको विश्लेषण गर्दै राष्ट्रिय सुरक्षा समितिको बसेको बैठकले सुरक्षा रणनीति बनाएर कार्यान्वयन गर्ने निर्णय गरेको छ । मन्त्रालयमा बुधबार दिउँसो बसेको समितिको बैठकले तीनै निकायका सुरक्षा निकायलाई सीमामा निगरानी बढाउन निर्देशन दिने निर्णय समितिको बैठकले गरेको छ ।
Advertisement
गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार बैठकमा भारत–पाकिस्तानबीचको तनावले नेपालमा पार्नसक्ने असरको विषयमा छलफल भएको जानकारी दिएका छन् । उनका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल–भारत सीमा सुरक्षा, भारत र पाकिस्तानमा रहेका नेपालीको सुरक्षा लगायतका विषयमा बैठकमा छलफल भएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा, गृहमन्त्री रमेश लेखक, नेपाल सेनाका प्रतिनिधि, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र मन्त्रालयको सुरक्षा महाशाखाका प्रतिनिधि लगायतको सहभागिता थियो ।









