चिसापानी अस्पतालमा नि:शुल्क कृत्रिम हातखुट्टा सेवा

 

परासी — पश्चिम नवलपरासीको बर्दघाटमा रहेको चिसापानी अस्पतालमा अपांगता भएका व्यक्तिको जीवनयापन सहज बनाउन कृत्रिम हाटखुट्टा राख्ने सेवा सुरु भएको छ ।

Advertisement

 

चौधरी फाउण्डेशनको सहयोगमा अस्पतालमा सीजी सबल केन्द्रमार्फत अपांगता भएका व्यक्तिले नि:शुल्क उक्त सेवा पाउनेछन् ।

प्रतिनिधिसभा सदस्य एवं कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीले शनिबार सबल केन्द्र उद्घाटन गरे ।

बर्दघाट नगरपालिकाका मेयर शम्भू श्रेष्ठले चिसापानी अस्पतालको सेवा विस्तार र सुधारमा चौधरी फाउण्डेशनले महत्वपूर्ण योगदान गरेको भन्दै अपांगता भएका व्यक्तिको जीवनयापनमा कृत्रिम हातखुट्टाले सहजता ल्याउने बताए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु