भारत पकिस्तान तनावः बाँके र बर्दियाका ग्रामिण सीमामा पनि सुरक्षा कडाई

 

 

Advertisement

नेपालगन्ज — भारत र पाकिस्तानबीच तनाव चर्किएपछि भारतीय सीमासंग जोडिएको बाँके र बर्दियाका सीमामा पनि नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) ले उच्च सतर्कता अपनाएको छ । खुला सीमाका कारण दुई देशबीचको तनावको मौका छोपेर नेपाल–भारत सीमा क्षेत्रबाट हुन सक्ने अवैध घूसपैठ रोक्न एपीएफ सतर्क भएको हो ।

भारत पकिस्तानबीच बढेको तनावले नेपालमा पार्नसक्ने असरको विश्लेषण गर्दै राष्ट्रिय सुरक्षा समितिको बुधबार बसेको बैठकले सुरक्षा रणनीति बनाएर कार्यान्वयन गर्ने निर्णय गरेपछि सीमामा थप कडाई गरिएको छ ।
जोखिमका सम्भावित स्थानमा निगरानी पनि भइरहेको उनले बताए ।

अनधिकृत घूसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिइएको छ । एफीएफका अनुसार ‘सीमा इलाकामा आवश्यकताअनुसार आउजाउ गर्नेहरूको परिचयपत्र जाँच गरेर अभिलेख राख्ने कार्य भइरहेको छ ।

केन्द्रीय सुरक्षाका नियन्त्रण अनुसार सीमा क्षेत्रलाई व्यवस्थित गर्न र अवैध घूसपैठ रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समेत समन्वय गरी सूचना आदान–प्रदान गरिँदै छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु