जनमतसँग छिट्टै एकता हुन्छ, सरकार छाड्दैनौः नाउपा अध्यक्ष श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार माननीय लालबीर चौधरीले संरक्षक रेशमलाई पक्राउ गरेको बारे गृहमन्त्रीलाई जवाफ दिनु पर्दैन ेभन्ने आरोप लगाईरहेका बेला अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसँगको स्थगित एकता प्रक्रिया चाँडै हुने दाबी गरेकी छन् ।

संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै जनमतका अध्यक्ष सीके राउतको व्यस्तताको कारण एकतामा ढिलाइ भएको बताएकी श्रेष्ठले राउत फर्किएपछि छलफल गरेर एकताको मिति घोषणा गरिने बताइन् ।

Advertisement

पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि सरकार छाड्ने घोषणा गरेकी उनले तत्तकाल सरकारबाट नहटने जनाईन ।

जनमत पार्टीसँग एकता घोषणाका लागि आयोजित कार्यक्रमस्थलबाटै चौधरी पक्राउ परेपछि एकता घोषणा कार्यक्रम पनि बिथोलिएको थियो । तर सर्वोच्च अदालतको आदेशमा रेशम सोही दिन छुटेका थिए ।

गृहमन्त्री रमेश लेखकले बिहीबार प्रतिनिधिसभाका सांसदले राखेका जिज्ञासाको जवाफ दिने क्रममा रेशम चौधरीलाई पक्राउ गर्ने सरकारको कुनै निर्णय वा नियत नरहेको भन्दै स्पष्टीकरण दिएका थिए । उनले गृहमन्त्रीले निश्चित समयमा जवाफ दिइसक्नुभएकाले अहिले सरकारमै रहने बताईन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु