काठमाडौं, २६ वैशाख
कपिलवस्तु, यशोधारा गाउँपालिका-१ रजवापुर बस्ने अतिउल्लाह मुसलमानको चिया पसलमा बिहीबार राति आगलागी हुँदा करिब १ लाख ३२ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सिराहा, कल्याणपुर नगरपालिका-१ कोयलपुर बस्ने २५ वर्षीय शिव कुमार पासवानको घरमा बिहीबार दिउँसो आगलागी हुँदा करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
Advertisement
कञ्चनपुर, भीमदत्त नगरपालिका-१४ बनकट्टी बस्ने तिलक भट्टको घरमा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सप्तरी, राजगढ गाउँपालिका-५ मलेखपुर बस्ने राम नारायण साहको गोठघरमा गए राति आगलागी हुँदा करिब ३ लाख ५५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
नुवाकोट, तारकेश्वर गाउँपालिका-२ बगुवा बस्ने समिर बलाखेको कुखुराको खोर र भान्सा घरमा बिहीबार दिउँसो आगलागी हुँदा कुखुराको खोर र भान्सा घर पूर्णरूपमा जलेर करिब १२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ एरीचोक बस्ने टिका वलीको वली मार्टमा (गोदाममा) विद्युत सर्ट भई गए राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।