जबर्जस्ती गर्ने खोजेपछि चिर्पट प्रहार गरी दाङमा श्रीमान्‌को हत्या

 

दाङ — घरायसी विवाद हुँदा बंगलाचुली गाउँपालिका–७ हल्दीकी ५० वर्षीया संगीता सुनारी मगरले मंगलबार चिर्पट प्रहार गरी श्रीमानको हत्या गरेकी छ्न ।

Advertisement

उनले मंगलबार ६५ वर्षीय श्रीमान पुनाराम सुनारी मगरको हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले बताए ।

 

चिर्पट प्रहारबाट पुनारामको घटनास्थलमै मृत्यु भएको उनले बताए । संगीतालाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा संगिताले श्रीमानले मदिरा सेवन गरी जबरजस्ती करणी गर्न खोजेपछि चिर्पट प्रहार गरेको बयान दिएको जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु