कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीले मन्त्री पठाउने विषयमा संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच फेरी मत बाझेको छ । यसअघि सुदुरपश्चिम प्रदेशको मुख्य मन्त्री नियुक्तीमा दुई जनाबीच विवाद भएपछि ऐतिहासिक पद पार्टीले गुमाएको थियो ।
Advertisement
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा मन्त्री कसलाई पठाउने भनेर जिम्मेवारी पार्टीका अध्यक्ष र संरक्षक रेसम चौधरीलाई जिम्मेवारी दिइएको भए पनि नाममा मत बाझेको हो।
नागरिक उन्मुक्ति पार्टीको प्रदेश सभा संसदीय दलको बैठकले मन्त्री चयनका लागि अध्यक्ष रन्जितासंग सुझाव मागेपछि उनले आफ्ना पक्षधर कैलाश चौधरीको नाम किटेर पठाएपछि विवाद फेरि सतहमा आएको हो ।
वनसम्बन्धी कार्यविधि बनाउने सवालमा लेनदेनको अडियो सार्वजनिक भएपछि लक्षमण चौधरीले राजीनामा दिएका थिए । रेसम चौधरीले आफ्नो पक्षबाट प्रदेश सांसद घनश्याम चौधरी, रामेश्वर चौधरी र खुसीराम चौधरी मध्ये एक जनालाई मन्त्री बनाउन चाहेका छन् भने रञ्जिता श्रेष्ठले आफ्नो पक्षबाट कैलाशलाई बनाउन चाहेका कारण समस्या भएको हो । दुई जनाका कारण मन्त्री चयनमा ढिलाइ भएको छ ।
लक्ष्मण चौधरीले चैत १३ गते आफ्नो पदबाट राजीनामा दिएका थिए । त्यसयता पार्टी मन्त्री चयनका लागि पटक पटक गृहकार्य भएको हो । तर दुवै पक्षले आ–आफ्नो अडान नछाडेपछि निर्णय हुन नसकेको स्रोतले दाबी गरेको छ ।









