कोहलपुर- २०७४ बैशाखमा उनी कोहलपुर नगरपालिकाको उपमेयरमा विजयी भएपछि एकाएक चर्चामा आईन । हाल उनी लुम्बिनी प्रदेशका सामनुपातिक सांसद छिन् । ईमानमा बिश्वास गर्ने उनी कहिल्यै विवादमा तानिएकी छ्रैनन् । निष्ठावान नेताका रुपमा परिरचय बनाएकी उनी हुन, कोहलपुरकी सन्जु कुमारी थारु । उनले क्रियाशिल पत्रकार महिला बाँकेले कोहलपुरमा सण्डे क्लबमा आफनो सफलता बारे खुलेर पोल खोलेकी छन् । उनको भनाई जस्ताको तस्तैः
एउटा नेतृत्व सफल हुनको लागि पारीवारीक पृष्ठभुमी,शैक्षिक अनुभव ,पारीवारीक सहयोग ,सामाजिक हौसला तथा जिम्मेवारी बोध जस्ता थुप्रै कुराहरु अग्रस्थानमा ल्याउने गरीन्छ । मेरो फरक अनुभव छ । विक्रम संवत २०७४ सालमा देश संघिय संरचनामा गइसकेपछि पहिलो पटक कोहलपुर नगरपालिकाको उपप्रमुख पदमा बिजयी भइयो । राजनीतीमा आउनु रहर नभई राजनीतीक परिस्थिती थियो । आज ,“हामिले जति नै ठुला कुरा गरेपनि जबसम्म छोरीहरुलाई शिक्षा दिइदैन । तबसम्म उनिहरुले उचित स्थान हासिल गर्न सक्दैनन ।
Advertisement
त्यसैगरी आर्थिक रुपमा सक्षम हुन सकेमा मात्र राजनीती लगायत नेतृत्व तहमा राम्रो स्थान हासिल गर्न सकिन्छ । ” जीवनमा निकै संघर्ष गर्न जरुरी छ । उपप्रमुख भएर कार्य गर्दा थुप्रै चुनौतीहरुको सामना गर्नु पर्यो। आफू उपप्रमुख हुँदै गर्दा थारु समुदायमा हुने सिकलसेल थालेसिमिया रोग उपचारका लागि पहल ,सामाजिक विकासका लागि बनाएका योजना कार्यान्वयन र पालिकाकाको विकासका लागि खेलेको भूमिकालाई स्मरण गर्छु । लुम्बिनी प्रदेशको सांसद भएर काम गरीरहदा जनताका मुद्धामा प्रत्यक्ष सहभागी हुन पाएको अनुभव हुँदै छ । युवा,महिला तथा बालबालिकाहरुको सवालमा सदैव आवाज उठाएको र यसपटक पनि लक्षित बर्गका कार्यक्रमहरुमा बजेट कार्यान्वयन गर्नु छ ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ५ रझेनामा मध्यमवर्गिय परिवारमा म जन्मिएकी हुँ । ब्यबस्थापन संकायमा स्नाकोक्तर गरेको छु । अहिले एलएलबी अध्ययन गरिरहेको छु। राजनीतीक यात्रमा घरपरिवारको राम्रो सहयोग पाएको छु । प्रत्यक्ष निर्वाचित सांसद र समानुपातीक सांसदबीच मताधिकार बराबर हुने भएकाले बजेट कार्यान्वय देखी अधिकारका सवालमा विभेद गर्नु हुँदैन ।









