सुन प्रति तोला ३५ सयले घटयो, १ लाख १८ हजार ८ सयमा भईरहेछ कारोबार

 

काठमाडौं, १ जेठ । आज एकैदिन सुनको भाउ प्रतितोला ३ हजार ५०० रुपैयाँले घटेको छ ।

Advertisement

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधवार भने प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

उता, चाँदीको भाउ पनि बिहिबार तोलामा नै ३५ रुपैयाँ घटेको जनाइएकाे छ । बुधवार प्रति तोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु