बर्दिया । भारतीय सीमासंग जोडिएको बढैयाताल गाउँपालिकाको वडा न. २ को सीमाबाट जिल्ला बाहिर पनि ओसारपसार भईरहेको पाइएको छ । पछिल्लो पल्ट उक्त स्थानबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित रूपन्देही शुद्धोधन गाउँपालिका ४ बस्ने २३ वर्षीय अमित बहादुर कार्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेपछि उक्त कुरा खुलेको हो ।
Advertisement
प्रहरी चौकी जमुनी र इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका ७ कर्णालीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बाँके बैजनाथ गाउँपालिका(८ पिपिरी बस्ने २२ वर्षीय कमल शाही र २४ वर्षीय सागर शाही रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे १२ प ६८२९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।