आजदेखि नयाँ नोट साट्न पाइने,प्रतिव्यक्ति १८ हजार पाँच सय

 

असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं तिहारलगायत चाडबाडलाई लक्षित गरी आजदेखि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट सटही सुविधा दिन सुरु गरेको छ ।

Advertisement

काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ । वाणिज्य बैंकहरुले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैंकबाट त्यस्ता नोट लिनुपर्नेछ ।

काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु