पेट्रोलको मूल्य लिटरमा ११ र डिजलको ५ रुपैयाँले घट्यो

 

असोज, काठमाडौं । नेपाल आयल निगमले मूल्य आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको छ ।

Advertisement

भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु