असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आज र भोलि दुई दिन सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा दुई दिन वर्षा हुने जनाएको छ ।
Advertisement
पश्चिमी भूभागमा गएराति पनि वर्षा भएको थियो । आज बिहान रोकिए पनि दिउँसोतिर फेरि पानी पर्ने पूर्वानुमान छ । तराई मधेशका जिल्ला र कोशी प्रदेशमा भने आज पानी पर्ने सम्भावना कम छ । तर भोलि फाट्टफुट्ट वर्षाको सम्भावना छ ।
आज र भोलि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । पर्सि भने सामान्यतया मौसम सफा रहने छ ।
यस वर्षको मनसुन भने सरदर मिति (अक्टुबर २) भन्दा दुई साता ढिलो गरी आइतबार देशभरबाट बाहिरिएको थियो ।









