मोटरसाइकलको ठक्करबाट बर्दियामा एकको मृत्यु

 

बर्दिया — बढैयाताल गाउँपालिका—९ का सुकदेव थारुले चलाएको भे ७ प ८६०४ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।

Advertisement

शक्तिपुरबाट गणेशपुरतर्फ आइरहेको मोटरसाइकलले
गुलरिया नगरपालिका—११ का ६० वर्षीय ईस्माइल खाँ सडक पार गर्दा मोटरसाइकलले ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका खाँलाई उपचारका लागि बाँके नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाए । उपचारको क्रममा उनको मृत्यु भएको हो । मोटर साईकल चलाक प्रहरी नियन्त्रणमा छ्न ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु