बाँकेका आठ स्थानीय तहमध्ये बैजनाथमा सबैभन्दा बढी, खजुरामा सबैभन्दा कम बेरुजु

नेपालगन्ज — बाँकेका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी बैजनाथ गाउँपालिकाको बेरुजु देखिएको छ । उक्त पालिकाको ३.३४ प्रतिशत बेरुजु देखिएको हो । दोस्रोमा नरैनापुर गाउँपालिकाको ३.०२ बेरुजु छ । तेस्रोमा जानकी गाउँपालिकाको २.८६ प्रतिशत बेरुजु रकम छ ।

गत वर्ष २०८०।८१ को महालेखापरीक्षकको प्रतिवेदनले डुडुवा गाउँपालिकाको २.७२ प्रतिशत, नेपालगन्ज उपमहानगरपालिका २.२९ प्रतिशत, राप्तीसोनारी गाउँपालिकाको २.०५, कोहलपुर नगरपालिकाको १.६६ र सबैभन्दा कम खजुरा गाउँपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ ।

Advertisement

खजुरा गाउँपालिका सबैभन्दा कम १.५० प्रतिशत बेरुजु रहेको सार्वजनिक भएको हो । आर्थिक वर्षमा पालिकाहरुले बेरुजुलाई शून्यमा झार्ने लक्षय राख्दै आए पनि शुन्यमा झर्न सकेको छैन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु