बर्दियाका स्थानीय तहः सबैभन्दा बढी बेरुजु मधुवन र सबैभन्दा कम राजापुर नगरपालिकामा

नेपालगन्ज —गत वर्ष २०८०।८१ को महालेखापरीक्षकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार बर्दियाको ८ स्थानीय तह मध्ये सबैभन्दा बढी बेरुजु प्रतिशत मधुवन नगरपालिकामा देखिएको ।

उक्त पालिकाको २.६० प्रतिशत बेरुजु देखिएको हो । दोस्रोमा गेरुवा गाउँपालिकाको १.८७ प्रतिशत रकम बेरुजु छ । तेस्रोमा ठाकुरबाबा नगरपालिकाको १.३७ प्रतिशत रकम बेरुजु देखिएको छ ।

Advertisement

त्यस्तै, गुलरिया नगरपालिकाको १.१८ प्रतिशत, बारबर्दिया नगरपालिका ०.९९ प्रतिशत, बढैयाताल ०.५२ र राजापुर नगरपालिकाको ०.३१ प्रतिशत रकम बेरुजु देखिएको छ ।

आर्थिक वर्षमा पालिकाहरुले बेरुजुलाई शून्यमा झार्ने लक्षय राख्दै आए पनि शुन्यमा झर्न सकेका छैन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु