सुनको मुल्य बढदा चाँदीको मुल्य स्थिर

 

काठमाडौं, ५ जेठ । आज पनि सुनको मूल्यमा बृद्दी भएको छ ।

Advertisement

जसअनुसार साताको दोस्रो दिन अर्थात सोमबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ८४ हजार दुई सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

तर, आज चाँदीको मूल्य भने स्थिर नै रहेको छ । चाँदी प्रतितोला हिजो झै आज पनि एक हजार ९४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु