झापा, ५ जेठ । जबरजस्ती करणी र जबरजस्ती चोरीसहित दोहोरो मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
Advertisement
मेचीनगर नगरपालिका–११ बस्ने ३२ वर्षीय प्रदिप राईलाई प्रहरीले हालै पक्राउ गरेको हो।
पुनरावेदन अदालत इलामको २०७२ असार १६ गतेको फैसलाले उक्त मुद्दामा १० वर्ष कैद सजाय तथा पीडितलाई १ लाख क्षतिपूर्ति भराउनु पर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पाँचथर फिदिमबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानीको लागि कारागार कार्यालय, झापा पठाइएको छ ।









