सांसद अब्दुल खानले राखे भारतीय सरकारसंग बर्दियामा नाका खोल्न माग

काठमाडौ । जासपा बर्दियाका सांसद अब्दुल खानले भारत-नेपाल बर्दिया सिमा  नाका खोल्न भाजपा नेतामार्फत भारतीय सरकारसँग आग्रह गरेका छन्।

उनले २००९ को सम्झौता अनुसार बैतडीसम्म खोलिने भनिएका पाँच नाकामध्ये एक अझै बन्द रहेको र बर्दिया र बहराइचको सीमामा पर्ने नाका खोल्न आग्रह गरेका हुन ।

Advertisement

प्रतिनिधिसभाको उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिका सभापति रहेका खानले नाका बन्द हुँदा राजस्व संकलन प्रभावित भएको, स्थानीयलाई आवागमनमा समस्या र चोरी बढेकोले तत्काल नाका खोल्न अनुरोध गरेका छ्न ।

खानले डा.जोलीलाई सोमबार एक औपचारिक पत्रमार्फत सन् २००९ मा तत्कालीन प्रधानमन्त्री मनमोहन सिंह र नेपाली प्रधानमन्त्री माधवकुमार नेपालबीच भएको सम्झौताअनुसार भारतको ठुठीबारीदेखि नेपालको बैतडीसम्म खोलिने भनिएका पाँचवटा सीमा नाकामध्ये हालसम्म चारवटा मात्र सञ्चालनमा आएको र बाँकी एक नाका अझै बन्द रहेको बताएका छन्।

खानले भारततर्फको लौकही–राजनवा र नेपालतर्फको गणेशपुर–रत्नपुर क्षेत्रलाई सीमा नाका खोल्नका लागि उपयुक्त स्थानका रूपमा उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु