काठमाडौँ । मंगलबार दिउँसो कास्कीको सिनुवा केन्द्रबिन्दु बनाएर काठमाडौँ ४.७ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का कास्की, तनहुँ, बागलुङ र पर्वत जिल्लामा महसुस गरिएको स्थानीयले जनाएका छन्।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिउँसो १ बजेर ५९ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेको हो। यसअघि वैशाख ३१ गते सोलुखुम्बुको छेस्काम केन्द्रबिन्दु भएर भूकम्प गएको थियो।
Advertisement









