गुलरिया बारबर्दिया जोेड्ने पुलः बजेट सुनिश्चित, टेन्डर अनिश्चित

गुलरिया— बजेट सुनिश्चिता भएपनि सार्वजनिक खरिद प्रक्रियाको काम ढिलासुस्तीले अघि बढ्न नसकेपछि गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीमा पुल निमार्णको काम सुरु हुन सकेको छैन । जसका कारण दैनिक सयौँ सर्वसाधारणहरु बबई नदी वारपार गर्न पटके २५ रुपैँया तिर्न बाध्य छन् ।

गुलरिया र बारबर्दिया नगरपालिका जोड्न जब्दी घाटमा निमार्ण भएको पुल बाढीले भत्काएयता सास्ती खेप्न बाध्य छन् । उक्त पुल पप्पु कन्स्ट्रशनले निर्माण गरेको थियो । भत्किएको पुलको विषयलाई लिएर विवाद अदालतमा पुगेपछि उक्त पुलको काम अगाडि बढ्न सकेको थिएन ।

Advertisement

गत वर्ष जब्दी पुल हटाएर गुलरिया बारबर्दिया जोड्ने पुल भनेर बजेट सुनिश्चित गरिएको छ । तर, सार्वजनिक खरिद प्रक्रियाको काम ढिलासुस्तीले अघि बढ्न नसकेपछि पुल निमार्ण सुरु हुननसकेको हो ।

उक्त पुल पार गर्न बारबर्दियाले ठेक्का सन्चालन गरेको छ । वर्षायाममा बबई नदीमा डुंगाबाट वारपार गर्नु पर्ने बाध्यता छ । पूर्व पश्चिम राजमार्गको रम्मापुरदेखि गुलरियाको रजनवासम्म २३ किमी पक्की सडक चार वर्षअघि निर्माण सम्पन्न भईसकेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु