ब्राउन सुगरसहित बढैयाताल गाउँपालिका २ बाट ४ जना पक्राउ

बर्दिया,बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-२ मकैबारी बस्ने २० वर्षीय पुरण थापालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएकोप्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेकोभे.६ प ५७७६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-३ तमौलीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ७० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अछाम कमलबजार नगरपालिका-५ कुईका बस्ने २३ वर्षीय दिक्षित तिमिल्सिना, बाँके खजुरा गाउँपालिका-६ सिमलघारी बस्ने २५ वर्षीय दिपक सिजाली मगर र २४ वर्षीय महेश राम घिमिरे रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेकोभे.१२ प ६६६३ नम्बरको मोटरसाइकलमासवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु