बैतडीको गढी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

दार्चुला — राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बैतडी जिल्लाको सदरमुकाम गोठालापानी नजिकको गढीलाई केन्द्रबिन्दु बनाएर बिहानै १ बजेर ४८ मिनेट जाँदा ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा महसुस गरिएको छ ।

त्यसपछि राति २ बजेतिर ३.७ म्याग्निच्युडको पराकम्प पनि गएको केन्द्रले जनाएको छ । दुवै भूकम्पको केन्द्रबिन्दु बैतडीको सदरमुकाम खलङ्गा गढी क्षेत्रमा नै रहेको जनाइएको छ ।

Advertisement

उक्त भूकम्पको धक्का सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरालगायत पहाडी जिल्लामा महसुस गरिएको थियो । भूकम्पले मानवीय वा भौतिक क्षति पुर्‍याएको सम्बन्धमा कुनै ठोस विवरण प्राप्त नभएको बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु