सुन चाँदी दुबैको घटयो मुल्य

 

काठमाडौं, ९ बैशाख । साताको अन्तिम दिन सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार सुन प्रतितोला १ हजार १ सय रुपैयाँले घटेर १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement

 

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ५ सय रूपैयाँ तोकेको थियो ।

 

उता चाँदीको मूल्य पनि २० रूपैयाँले घटेको छ। जसअनुसार बिहीबार प्रतितोला २ हजार २५ रुपैयाँमा किनेबच भएको चाँदीको मूल्य आज २ हजार ५ रुपैयाँमा खरिदबिक्री गर्न सकिनेछ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु