नेपालगन्जमा युवाहरुलाई बिद्युतीय अपराध तथा सुरक्षा सम्बन्धि अभिमुखिकरण

नेपालगन्ज :(बाँके) ।बाँकेको नेपालगन्जमा बिद्यार्थी र एस.ओ.एस.अल्टरनेटिभ युथ क्लबका युवाहरुको लागी बिद्युतीय अपराध तथा सुरक्षा र बाल अधिकार तथा कर्तव्य बिषयक एक दिने अभिमुखीकरण जेष्ठ १० गते शनिवार दिएको छ ।

Advertisement

एस.ओ.एस.युवालय नेपालगन्जको आयोजनामा नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–२ घरवारी स्थित श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय र वार्ड नं.–१२ जय बागेश्वरी स्कूलबाट सात–सात जना बिद्यार्थीहरु र एस.ओ.एस.अल्टरनेटिभ

युथ क्लबका युवा सहभागितामा साइबर अपराध, साइबर सुरक्षा सम्बन्धि अपनाउनु पर्ने सतर्कताहरु सामाजिक सञ्जालमा नचिनेका मानिसहरुको फ्रेन्ड रिस्कवेष्ट एसेप्ट नगर्ने, आफुनो फुसबुक, इन्साग्राम, वाटसाप तथा अन्य यस्तै प्रकृतिका सामाजिक सञ्जलामा बलियो पासवार्ड राख्ने, पासवार्ड कसैलाई नदिने र समय सञ्जाल परिर्वतन गरिरहने, आफूले प्रयोग गर्न मोबाइल फोन ल्यापटाप तथा अन्य यूतै प्रकृतिका बिद्युतीय सामाग्रीमा अनाधिकृत पहुँच हुन नदिने, साइबर अपराध सम्बन्धि उजुरी मुद्दा लगायतको बारेमा राधापुर प्रहरी चौकीका वरिष्ठ प्रहरी निरीक्षक लोकेन्द्र बहादुर कार्कीले सहजीकरण गर्नु भएको थियो ।

दोस्रो सत्रमा एस.ओ.एस.युवालय नेपालगन्जका सहायक निर्देशक लक्षमण कार्कीले बालबालिका तथा युवाहरुको अधिकार बाल दुव्र्यहारको कानूनी प्रक्रियाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । सोही कार्यक्रममा एस.ओ.एस.अल्टरनेटिभ युथ क्लबकी पूर्व सचिव सम्झना खडकाले बालबालिका तथा युवाहरुको हक अधिकारसंगै कर्तव्यका बिषयमा प्रस्तुतीकरण गुर्नभएको थियो ।

कार्यक्रममा युवा तथा बालबालिकाको हक अधिकारसंगै कर्तव्यका बिषयमा अन्र्तक्रिया समेत गरिएको थियो । एस.ओ.एस.युवालय नेपालगन्जका सहायक निर्देशक लक्षमण कार्कीद्वारा सञ्चालित युवालययका निर्देशक तुलाराम बिशवासले समापन कार्यक्रममा धन्यवाद दिदैं नेपालगन्जलाई बाल अधिकार सम्पन्न क्षेत्र बनाउन पहल गरिने र अगामी दिनमा यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो । उक्त कार्यक्रममा दुई वटा बिद्यालय र एस.ओ.एस.अल्टरनेटिभ युथ क्लबका गरी ४१ जनाको सहभागिता रहेको एस.ओ.एस.युवालय नेपालगन्जकी नायब निर्देशक मीना तुलाधरले बताएकी छिन् ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु