मधुवनमा मोटरसाईकल दुर्घटनाः दुई जनाको मृत्यू

 

गुलरिया— मधुवन नगरपालिका ८ लालसिंह चोकमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। गुलरिया नगरपालिका २ का अन्दाजी २८ वर्षीय देवानन्द यादवले चलाएको भे १३ प २६६९ नम्बरको मोटरसाइकल र टंकबहादुर बीसीले चलाएको भे ६ प ५४१ नम्बरको मोटरसाइकल साढे १२ बजे दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा परी यादव र बीसीसहित तीन जना घाइते भएका थिए। घाइतेहरूलाई उपचारको लागि प्रहरीले बर्दिया अस्पताल पुर्‍याएको थियो ।उपचारको क्रममा साढे १२ बजे यादव र बीसीको मृत्यु भएको हो।

यादवसँगै बाइकमा सवार रहेका घाइते ३२ वर्षीय अनुपम यादवलाई भने थप उपचारका लागि नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्रबहादुर डमरपालले जानकारी दिए।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु