बाँके र बर्दियामा ब्राउन सुगरसहित तीन जना पक्राउ

बर्दिया- बढैयाताल गाउँपालिका-८ शिमानगर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ९० मिलिग्राम र मोबाइल १ थान सहित बाँसगढी नगरपालिका-४ बस्ने २४ वर्षीय दिपक थारूलाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालीकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाँकेनेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ ४ ग्राम ५० मिलिग्राम सहित जानकी गाउँपालिका-५ बस्ने ३६ वर्षीय जिब्रिल बागवानलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भे.१२ प ५९३५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

Advertisement

यसैगरी बाँके, कोहलपुर नगरपालिका-२ विकाशनगर बस्ने ३५ वर्षीय सोनु शाहीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ९० मिलिग्राम र मोबाइल १ थान सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी बिट कौशिलानगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु