पाल्पा — पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२, सोमादी सर्देवामा कम्पनीको ट्रस बनाउने क्रममा खसेर कपिलवस्तु महाराजगन्ज नगरपालिका–६, सहरनिया बस्ने ३० वर्षीय इजमानन खानको मृत्यु भएको छ । खान अन्दाजी २२ मिटर माथिबाट खसेका हुन् ।
Advertisement
घाइते भएका खानलाई उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी सर्देवाले थप अनुसन्धान कार्य अघि बढाएको जनाएको छ ।









