नेपाली सेनाका गजेन्द्र राई लिगलिगे राजा’

 

गोरखा । गोरखाको पालुङटारमा बुधवार आयोजित ११ औं लिगलिगे दौडको उपाधि नेपाली सेनाका गजेन्द्र राईले जितेर ११ औं ‘लिगलिगे राजा’ बन्न सफल भएका छन् ।

Advertisement

चेपेघाटदेखि लिगलिगकोटसम्मको १३।५ किलोमिटर दुरी उनले ५६ मिनेट ३६ सेकेण्डमा पार गरेका थिए । खोटाङ घर भएका उनी त्रिभुवन आर्मी क्लबमा आबद्ध छन् । निर्धारित दुरी ५६ मिनेट ५३ सेकेण्डमा पार गर्दै त्रिभुवन आर्मी क्लबकै नरेन्द्र सिं रावत दोस्रो बनेका छन् । त्यसैगरी यसअघिका बिजेता अनिस थापा यसपटक तेस्रो बनेका छन् । निर्धारित दुरी उनले ५८ मिनेट ३५ सेकेण्डमा पार गरेका थिए । उनी भारतीय सेनामा कार्यरत छन् ।

दौडमा २१ जना स्थानीय धावकसहित कुल ७० जनाको सहभागीता थियो । गोरखा र लमजुङको सिमानामा पर्ने चेपेघाटबाट सुरु भएको दौड ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्यांकी, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारो हुदै लिगलिगकोट कालिका मन्दिरमा पुगेर सम्पन्न भएको हो ।

नेपाल एकीकरण अघि बाइसे÷चौबीसे राज्यमध्ये लिगलिगकोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा थियो । पहिले राजा हुने परम्पराबाट दौड प्रतियोगिता सुरु भएको भएपनि अहिले आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिगकोट भित्राउन प्रतियोगिताको आयोजना गरिँदै आएको छ ।

वि।सं। १६०४ मा सुरु भएको मानिएको दौड प्रतियोगितालाई पुनः २०६७ बाट निरन्तरता दिन थालिएको हो । तत्कालीन राजा द्रव्य शाहले दौडमा विजय हासिल गरी लिगलिगकोटको राजा बनेपछि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको अन्त्य भएको मानिन्छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु