खाना पकाउने क्रममा जलेर दाजु बहिनीको मृत्यु

कपिलवस्तु — आइतबार बिहान ७ बजे ग्यास चुल्होमा खाना पकाउने क्रममा रेगुलेटरबाट अचानक ग्यास चुहिएर आगलागी हुँदा २५ वर्षीय शिवकुमार यादव र १८ वर्षीया सोनम यादवको मृत्यु भएको छ । जिल्ला प्रहरीका अनुसार उनीहरु दाजु बहिनी हुन ।

शिवकुमारको शरीरको ८५ प्रतिशत र सोनमको शरीरको ७५ प्रतिशत भाग जलेको अवस्थामा उपचारका लागि भैरहवास्थित मेडिकल कलेजमा लगिएको थियो। तर, उपचार सम्भव नभएपछि थप उपचारका लागि आइतबार दिउँसो भारतको गोरखपुरस्थित मेडिकल कलेजमा लैजाँदै गर्दा साँझ ६ बजेतिर बाटोमै दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

मृतक सोनम राष्ट्रिय उच्च माध्यामिक विद्यालय मुडफुटुवामा कक्षा १० मा अध्ययनरत थिइन्।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु