बर्दिया- बढैयाताल गाउँपालिका-२ फुटाह भत्केको पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ८० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-१५ चन्नवा बस्ने २० वर्षीय राम बहादुर थारूलाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतको बलई गाउँबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।









