
बर्दिया, मंगलबार १३ जेष्ठ २०८२
बर्दियाको गुलारियामा ५ दिने आधारभुत पत्रकारिता तालिम शुरु भएको छ । टि.एस.टी मिडिया प्रा.लिको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा पत्रकारिता तालिम सन्चालन भएको छ ।
Advertisement
तालिम टि.एस.टी मिडिया प्रा.लि.का सम्पादक सुनिल रेग्मीको अध्यक्षता भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि लुम्बिनी प्रदेश संसद माननिय राज कुमार चौधरी गरेका थिए । तालिम उद्घाटन कार्यक्रममा बोल्दै माननीय चौधरीले नागरिकका बास्तबिक आवाज बाहिर निकाल्नका लागि पत्रकार र मिडिया क्षेत्रको बिकास गर्न आवश्यक रहेको बताए ।.
उनले भने, गाउँ गाउँमा पनि मिडियाको प्रभाव बढाउन तथा नागरिकका समास्या बाहिर ल्याउनका लागि पत्रकार उत्पादन गर्न आवश्यक छ, त्यसलाई दृष्टिगत गरी प्रदेश सरकारबाट संसदीय क्षेत्र बिकास कोषबाट पत्रकारिता तालिमका लागि बजेट बिनियोजन गरी तालिम आयोजना गर्न सफल भएको उनले बताए । पत्रकारिता तालिमले मिडिया र पत्रकारिता क्षेत्रलाई दिगो बनाउनका लागि मदत पुग्ने उहाँको भनाई थियो ।

यस्तै कार्यक्रममा शुभकामना मन्तव्य दिर्दै नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेले पत्रकार र मिडिया क्षेत्रको बिकास गर्न अति आवश्यक रहेको बताए । पत्रकारितामा पनि भविष्य रहेकाले तालिममा सहभागि प्रशिक्षार्थीलाई दीर्घकालिन सोचका साथ अगाडी बढ्न उत्पे्ररणा समेत उनले दिए । यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेको पुर्वा अध्यक्ष ठाकुर सिंह थारुले पत्रकारिता पेशा सम्मानित पेशा भएको बताए । तर जोकोहीले पनि पत्रकारिता गर्न नसकिने भएकाले बुझेर मात्रै पत्रकारिता गर्न सुझाव समेत उनले दिए ।

यस्तै बर्दियाका अग्रज पत्रकार यमनाथ घिमिरेले, जब सम्म मिडिया बलियो हुदैन तबसम्म जनताको आवाज बलियो नहुने बताए । बिकासको मुल फुटाउनका लागि पत्रकारको कलमले मात्रै सक्ने भएकाले पत्रकार र स्थानिय मिडियालाई संरक्षणमा जोड दिनु पर्ने उहाँको धारण थियो । पछिल्लो समय पत्रकारितामा बिभिन्न बिकृति देखा परेकाले सबैले बुझेर पत्रकारिता गर्नका लागि कार्यक्रमका अतिथिहरुले जोड दिएका थिए । यही जेष्ठ १३ गतेदेखि १७ गतेसम्म ५ दिनसम्म चल्ने पत्रकारिता तालिमको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ बर्दियाका संस्थापक अध्यक्ष कमल पन्थी, नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष दिपक लाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ बर्दियाका सचिव तथा प्रेस चौतारी बर्दियाका अध्यक्ष यज्ञ राज सापकोटा लगायत्ले शुभकामना मन्तव्य दिएका थिए । पत्रकारिता तालिममा बर्दियाका ३५ जना युवाहरुको सहभागिता रहेको छ । तालिमको पहिलो दिन प्रशिक्षक दिल्ली बिसीले प्रशिक्षण दिएका थिए ।











