बालापुरमा चितुवाले फेरि लियो बालिकाको ज्यान, चितुवाको आतंक कायमै

 

 

Advertisement

 

बर्दिया — गुलरिया नगरपालिका–५ बालापुर घर नजिकै रहेको सामुदायिक वनबाट आएको चितुवाले ५ वर्षीया सायरा थारुमाथि आक्रमण गरी ज्यान लिएको छ ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी रामकुमार चौधरीका अनुसार बुधबार बिहान पौने ९ बजे चितुवाले आक्रमण गरेको हो । घर नजिकै रहेको शौचालय पुगेर फर्किने बेलामा चितुवाले आक्रमण गरेको हो । बालिकाको शव बर्दिया अस्पतालमा राखिएको छ ।

लामो समयदेखि उक्त क्षेत्रमा चितुवाको आतंक कायमै छ । यसअघि गुलरिया नगरपालिका–८ डम्पङि साइड सर्जु सामुदायिक वनमा चितुवाको आक्रमणबाट ९ वर्षीय मेलिना खड्काको मृत्यु भएको थियो । गत चैतमा चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका–४ का ६५ वर्षीय बिक्कुलाल थारु र गुलरिया नगरपालिका–५ बालापुरका ७ वर्षीय सिर्जन थारुलाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु