बर्दिया — चितुवाले पटकपटक आक्रमण गरी सर्वसाधारणहरुको ज्यान लिन थालेपछि गुलरिया नगरपालिका–५ बालापुरका स्थानीयले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । आज बिहान करिव ८ वजे चितुवाले स्थानीय ५ वर्षीया सायरा थारुमाथि आक्रमण गरी ज्यान लिएपछि स्थानीय आक्रोशित भएका छन् । स्थानीयहरुले चितुवा नियन्त्रणमा लागि पटकपटक अनुरोध गर्दा पनि स्थानीय प्रशासनले ध्यान नदिएको गुनासो छ ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी रामकुमार चौधरीका अनुसार चितुवालाई नियन्त्रणका लागि प्रयास गरे पनि सफल हुन सकेको छैन । घर नजिकै रहेको शौचालय पुगेर फर्किने बेलामा चितुवाले आक्रमण गरेको हो । बालिकाको शव बर्दिया अस्पतालमा राखिएको छ ।
Advertisement
लामो समयदेखि उक्त क्षेत्रमा चितुवाको आतंक कायमै छ । यसअघि गुलरिया नगरपालिका–८ डम्पङि साइड सर्जु सामुदायिक वनमा चितुवाको आक्रमणबाट ९ वर्षीय मेलिना खड्काको मृत्यु भएको थियो । गत चैतमा चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका–४ का ६५ वर्षीय बिक्कुलाल थारु र गुलरिया नगरपालिका–५ बालापुरका ७ वर्षीय सिर्जन थारुलाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो ।









