म्यानचेस्टर युनाइटेड असियन अल स्टार्ससँग पराजित

काठमाडौं, १५ जेठ । इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्ट युनाइटेडले हारबाट प्रि सिजन टुरको सुरुआत गरेको छ ।

Advertisement

 

मे बैंक च्यालेन्ज कपमा बुधबार पाहुना टोली युनाइटेड असियन अल स्टार्ससँग १–० ले पराजित भयो ।

 

मलेसियाको क्वालालाम्पुरस्थित नेसनल बुकित जलिल रंगशालामा  सम्पन्न खेलमा माउङ माउङ ल्विनले गरेको एकमात्र गोल असियनलाई जित दिलाउन पर्याप्त बन्यो ।

 

ल्विनले ७२औं मिनेटमा गोल गरेका थिए । उनले एड्रियन सेगेसिकको पासलाई पोस्टको दिशा दिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु