सुनको मूल्य तोलामै १३ सय रुपैयाँले बढ्यो

 

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बुधबार सुनको मूल्य तोलामा १३ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ ।

Advertisement

आज छापावाल सुनको मूल्य एक लाख १३ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख १२ हजार ६५० र चाँदीको मूल्य १४ सय १० रुपैयाँ तोकिएको छ ।

 

मंगलबार एक लाख ११ हजार ९ सय रुपैयाँमा छापावाल सुन र एक लाख ११ हजार ३५० रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो ।

यस्तै, चाँदी १३ सय ७५ रुपैयाँ प्रतितोलामा खरिद बिक्री भएको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु