बर्दिया — बालापुर क्षेत्रमा चितुवाले पटकपटक आक्रमण गरी सर्बसाधारणको ज्यान लिन थालेपछि नियन्त्रण लिन सामुदायिक बनका ५ स्थानमा क्यामरा जडान गरिएको छ ।
बुधबार बिहान गुलरिया नगरपालिका–५ बालापुरकी ५ वर्षीया बालिका सायरा थारुलाई चितुवाको आक्रमणमा मृत्यु भएपछि स्थानीयले चितुवा नियन्त्रण लिन माग गर्दै प्रशासन घेराउ गरे ।
Advertisement
बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाको संयुक्त टोलीले क्यामेरा जडान गरिएको छ । चितुवाको गतिबिधि हेर्न मचान निर्माण गरिएको छ ।
डिभिजन वन कार्यालय, बर्दियाले दुईवटा क्रेजमा बाख्रा राखेर चितुवालाई नियन्त्रणमा लिने प्रयास गरिरहेको जनाए पनि असफल हुँदै आएको छ ।
निकुञ्जबाट दुई वटा हात्ती परिचालन गरी चितुवाको खोजीमा लागेको बर्दिया निकुन्जले जनाएको छ ।
चितुवाको त्रासले गुलरिया वडा नम्बर ५ र ८ का बासिन्दा त्रसित छ्न ।








