बाँकेमा ४३ औं बिश्व खाद्य दिवसको अवसरमा अन्र्तक्रिया ।

नेपालगन्ज, असोज १ बुधबार
४३ औं बिश्व खाद्य दिवसको अबसरमा बाँकेमा अन्र्तक्रिया कार्यक्रम गरिएको छ । अन्र्तक्रिया कार्यक्रम कृषि ज्ञान केन्द्र, जिल्ला खाद्य अधिकार संञ्जाल, फियान नेपाल, बाँकेको आयोजकनामा सम्पन्न भएको थियो ।
कार्यक्रममा खाद्य अधिकार सम्बन्धि दुई वटा कार्यपत्र प्रस्तुत गरिएको छ । बाँकेमा कृषिको आवस्थाका बिषयमा कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकिल अहमदले प्रस्तुत गर्नु भएको थियो । कार्यपत्र प्रस्तुत गर्दै प्रमुख अहमदले कृषि उत्पादन बढाउनका लागि सबैले काम गर्नु पर्ने बताए । उनले भने, जबसम्म मेहनत गरेर सबैले अन्न फलाउदैनन्, तबसम्म मोकमरीको समस्या समाधान हुदैन, भोकमरीको समस्या समाधान गर्न उत्पादन बढाउनुको बिकल्प नरहेको उनले बताए । उत्पादन बढाउनका लागि कृषि ज्ञान केन्द्रबाट उत्पादनमैत्री योजना तथा कार्यक्रम बनाएर काम गरिरहेको अहमदले बताए ।

Advertisement


यस्तै खाद्य अधिकार सम्बन्धि कार्यक्रम पत्र फियन नेपालका प्रदेश संयोजक सुरेश कुमार गौतमले प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुत गर्दै प्रदेश संयोजक गौतमले राज्यले सबै नागरिकको बाँच्न पाउने खाद्य अधिकार सुनिश्चित गर्नु पर्ने बताए । त्यसका लागि राज्यका सबै तहका निकायहरुले पहल गर्नु पर्ने उनले बताए ।


कार्यक्रममा कृषि तलिम केन्द्र खजुराका अधिकृत सन्तोष पाठक, बाली संरक्षण प्रयोगशाला खजुराका प्रमुख उमा शंकर पौडेल, मल तथा माटो परिक्षण प्रयोगशाला खजुराका प्रमुख कोमल शाही, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नेपालगन्जका अधिकृत गणेश यादब, भेटेनररी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्रका अधिकृत सुरेन्द्र ठाकुर , बिउबिजन प्रयोगशाला खजुराका प्रमुख दिपक सापकोटा, खाद्य अधिकार संञ्जाल बाँकेका अध्यक्ष घनश्याम अचार्य, पशु सेवा तालिम केन्द्रका नि. प्रमुख सुकइ प्रसाद थारु, कुखुरा बिकास फर्म खजुराका प्रमुख डा. सुमन खनाल, पशु क्वारेन्टाई कार्यालयका पशु चिकित्कसक लौटन चौधरी लगायत् कृषि, पशु तथा खाद्य अधिकारका क्षेत्रमा काम गर्ने प्रमुख, प्रतिनिधि र किसानहरुको सहभागिता रहेको थियो । कृषि ज्ञान केन्द्र बाँकेको सभाहलमा सम्पन्न भएको कार्यक्रम खाद्य अधिकार संञ्जाल बाँकेका सचिव पतिराम थारुले संञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु