कोहलपुरमा मालपोत र नापी कार्यालय उद्घाटन

 

नेपालगन्ज— नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरीले
कोहलपुरमा मालपोत र नापी कार्यालयको औपचारिक रुपमा उद्घाटन गरेका छ्न । त्यससंगै आजबाट कार्यालयको काम कोहलपुरबाट सुरु भएको छ ।

Advertisement

 

सेवा प्रवाह शुभारम्भ गर्दै मन्त्री चौधरीले कोहलपुर लगायत आसपासका क्षेत्रका नागरिकहरु आफ्नो काम काज गराउनका लागि अब नेपालगन्ज जानुपर्ने बाध्यता अन्त भएको बताइन् ।

कोहलपुरबाट सेवा प्रवाह गर्नका लागि गत असोज २६ गतेबाट नै नेपालगन्जबाट हुने कामकाज रोकिएको थियो । नापी र मालपोत कार्यालय कोहलपुरको कार्यक्षेत्रमा पर्ने सबै वडाहरूको कामकाज बुधबार देखि कोहलपुरबाट नै हुने छ ।

 

मालपोत कार्यालय कोहलपुरका लागि ३३ जना विभिन्न तहका कर्मचारीहरूको दरबन्दी समेत स्वीकृत भइसकेको छ । यस्तै नापी विभागले नापी कार्यालय कोहलपुरका लागि १६ स्थायी र चार करार गरी २० जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ ।

 

कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउपालिकाका गरी तीन पालिकाका २७ वडाका नागरिक जग्गासम्बन्धी काम कोहलपुरबाटै हुनेछ ।

 

 

 

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु