बर्दिया । पटकपटक सर्वसाधारणहरुको ज्यान लिने चितुवा नियन्त्रणमा लिन नकेको भन्दै स्थानीयले गुलरिया नगरपालिका–५ वालापुरकी ५ वर्षीया बालिका सायरा थारुको शव पाँच दिनदेखि अस्पतालमा अलपत्र छ ।
स्थानीयले आतंक मचाउने चितुवा नियन्त्रणमा नआएको भन्दै शव बुझ्न ईन्कार गरेका हुन । बालिकाको शव बर्दिया अस्पतालमा राखिएको छ ।
Advertisement
डिभिजन वन कार्यालय, बर्दियाका अनुसार चितुवा नियन्त्रणका लागि बाख्रासहितको खोर राखिएको छ । २४ औं घण्टा चितुवा नियन्त्रणका लागि कर्मचारी परिचालित भए पनि पत्ता लाग्न सकेको छैन । ‘वन क्षेत्र
वालापुर, सन्तोषी टोललगायत आसपासका क्षेत्रमा ड्रोन उडाएर चितुवाको अनुगमन गरिएको थियो । यसबाहेक सामुदायिक वनभित्र क्यामेरा ट्र्याप राखिएको छ । चितुवा नियन्त्रणका लागि दुई वटा हात्तीलगायत सम्बन्धित कार्यालयका प्राविधिक र कर्मचारी परिचालन भएको उनले जनाइन् ।









