बर्दिया —बालिकाको ज्यान लिनेे चितुवालाई बर्दिया निकुञ्जका प्राबिधिक टोलिले फेला नपरेपछि गुलरिया नगरपालिका ५ बालापुरका स्थानीय लट्ठी, हँसिया लगायतका घरेलु हतियारसहित खोजीमा लागेका छन् ।
Advertisement
चितुवाको खोजीमा वन, प्रहरी, स्थानीय छ दिनदेखि लागेका छन । आइतबार पुन: सो क्षेत्रमा देखिए पनि नियन्त्रणमा आउन नसकेपछि बालापुरका बासिन्दा त्रसित भएका छन् ।
थारु सामुदायिक वनको घना झाडी र पाक्न लागेको मकैबारीमा चितुवा पसेको आशंका गरिएको छ । स्थानीयका अनुसार चितुवाबाट सुरक्षित हुन गाउँलेहरू ज्यान जोगाउन हातमा लट्ठी, हँसिया लिएर पहरा दिइरहेका छ्न ।
चितुवाको खोजीमा दुई वटा हात्ती, प्राविधिक टोलीसहित ४० जना वन, बर्दिया निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी खटिएका छ्न । गत बुधबार बिहान गुलरिया नगरपालिका–५ बालापुरकी ५ वर्षीया बालिका सायरा थारुलाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको थियो ।
गत वैशाख १५ गते गुलरिया–८ स्थित सयु सामुदायिक वनमा ९ वर्षीया मेलिना खड्काको पनि चितुवाको आक्रमणमा मृत्यु भएको थियो ।
गत मंसिर यता चितुवाको आक्रमणमा बर्दियामा चार जनाको ज्यान गइसकेको छ ।









