कोशीमा केदार कार्कीले पाए बिश्वासको मत

विराटनगर । नेकपा एमालेसँग मिलेर कांग्रेसभित्र विद्रोह गरेका मुख्यमन्त्री केदार कार्कीले बुधबार प्रदेशसभाको दुई तिहाई भन्दा बढी सदस्यको समर्थन पाए ।

बुधबार प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दा उनले ८६ मत प्राप्त गरे । नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकिकृत समाजवादी पार्टीका ४ र जसपाका एक जना सांसदले विश्वासको मत दिए ।

Advertisement

उनको विपक्षमा राप्रपा मात्रै उभिएको छ । राप्रपाका ६ मध्ये पाँच सांसदले विपक्षमा मतदान गरे । एक सांसद अनुपस्थित रहे ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु