बाँके- कोहलपुर नगरपालिका-१४ हवल्दारपुर फनपार्कस्थित सडकमा नेपालगंजबाट कोहलपुरतर्फ आउँदै गरेको भे.९ प ८१५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-६ रझेना बस्ने ३५ वर्षीय सरोज
मरासिनीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
Advertisement
यसैगरी बाँके, कोहलपुर नगरपालिका-११ पुलचोकस्थित सडकमा भे.१३ प ३२७७ नम्बरको मोटरसाइकल र भे.११ प ९७२१ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-११ बस्ने ५७ वर्षीय चिरञ्जीबि अधिकारीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।









