बझाङमा फेरि ४.६ म्याग्निच्युडको भूकम्पको धक्का

 

 

Advertisement

बाजुरा । बझाङमा फेरि गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ ।

लगातार भूकम्प र त्यसका प्रकम्प जान थालेपछि यस सुदूरपश्चिमका बासिन्दा त्रसित बनेका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु