सप्तरीमा डकैतीपछि गोली फायरिङ, एक जनाको मृत्यु, एक घाइते

 

रातोपाटि । सप्तरीको सुरुङ्गा नगरपालिकामा डकैती भएको थियो, जसमा एक व्यक्तिको मृत्यु भएको छ।
डाँका समूहले घरमा लुटपाट गर्ने क्रममा धारिलो हतियार र गोली चलाउँदा घरधनीको मृत्यु भएको हो।
घटनामा एक जना गम्भीर घाइते भएका छन् र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ, साथै डाँकाहरूले सुन, चाँदी र नगद लुटेका छन्।
सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकामा डकैतीपछिको धारिलो हतियारको प्रहार र गोली फायरिङका कारण एक जनाको मृत्यु भएको छ ।

Advertisement

सप्तरी प्रहरीका अनुसार आज राति १ बजे सुरुङ्गा नगरपालिकाको वडा नम्बर ८ स्थित कान्तलाल चौधरीको घरमा अपरिचित समूह लुटपाट गर्न आएको थियो । सोही क्रममा धनमाल चोरी गर्न नदिँदा अपरिचित डाँका समूहले प्रहार गरेको धारिलो हतियार र गोली फायरिङ्गका कारण घरधनी चौधरीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

सो क्रममा अर्का एक जना गम्भीर घाइते भएका छन्। मृतकका चौधरीलार्इ बचाउन जाँदा छिमेकी रामाकान्त चौधरी घाइते भएका हुन्।

सप्तरी प्रहरीका अनुसार डकैत समूहद्वारा भएको धारिलो हतियारको प्रहार र गोली फायरिङ्गका कारण चौधरीको घटनास्थलमै मृत्यु भएको हो।

तर गोली लागेर हो वा धारिलो हतियारको प्रहारले चौधरीको मृत्यु भएको हो भन्नेबारे अहिलेसम्म यकिन नभइसकेकोले घटनाको सूक्ष्म अनुसन्धान चलिरहेको प्रहरीले जानकारी दिएको छ ।

डकैती समूहले घरबाट ५ तोला सुन, २ किलो चाँदी र केही नगदसमेत लुटेर लगेको सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिएका छन्।

घाइते चौधरीको लहानस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। हाल घटनाको थप अनुसन्धान जारी रहेको छ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु