समाजवादीको बैजनाथ गाउँ कमिटीमा नयाँ नेतृत्व चयन

 

बाँके, बैजनाथ — नेकपा (एकीकृत समाजवादी) बैजनाथ गाउँ कमिटीको दोस्रो अधिवेशनबाट जय बहादुर शाहको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरिएको छ।

Advertisement

समितिमा उपाध्यक्षमा सुन्दरमान विश्वकर्मा, सचिवमा राजु बीसी, उपसचिवमा खगीसरा पुरी चयन भएका छन्। त्यस्तै, शान्ति खड्का, कमल बैगार, भदी बुढा, छेदा थारु, शेर बहादुर अधिकारी, गनेश बीसी, विष्णु न्यौपाने, सरिता घर्ती बुढा, रत्ना घर्ती, ज्योती शाह, जगतमाया परियार, सृजना सुनार, सुरेश सुनार, मौसरा विश्वकर्मा, शान्त बहादुर बुढामगर, गायत्री थारु र निउनी बी.क. सदस्य पदमा निर्वाचित भएका छन्।

नव चयनित अध्यक्ष शाहले पार्टीलाई गाउँ टोलसम्म विस्तार गर्दै आगामी स्थानीय निर्वाचनमा विजय हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु