काठमाडौं,- बर्दिया, गुलरिया नगरपालिका-१२ भैसाही बस्ने २१ वर्षीय बिरेन्द्र थारूको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।
बढैयातालगाउँपालिका-९ कान्तिपुरमा घर बनाउने क्रममा फलामको रडलाई सिधा बनाउँदा बिजुलीको तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनकोबर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो ।








