बाँकेको शम्सेरगन्जमा ट्रकसँग बस ठोक्किँदा बर्दियाका ७ को मृत्यु, २५ घाइते

भाद्र २३, २०८० नेपालगन्ज —  दाङबाट नेपालगन्जतर्फ आइरहेको ना७ख २३२१ नम्बरको बस   बाँकेको राप्ती सोनारी गाउँपालिका शमशेरगन्ज पूर्वपश्चिम राजमार्ग किनारमा रोकिराखेको ना८ख ६४०५ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किँदा चालकसहित सात जनाको मृत्यु भएको छ । २५ जना घाइते छन् ।

Advertisement

राप्तीसोनारी–८ शमशेरगन्जमा शुक्रबार राति सवा ९ बजेतिर दुर्घटना भएको हो । बसमा चालकसहित ४१ जना सवार थिए ।
दुर्घटनामा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ५० वर्षीय काशीराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५५ वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू, ६० वर्षीय सानुराम थारू, चालक ४५ वर्षीय जुगबहादुर चन्द र बारबर्दिया नगरपालिका–७ बस्ने ३४ वर्षीय सहचालक वसन्त कार्की गरी ७ जनाको मृत्यु भएको हो ।

घाइतेहरूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । दाङबाट बर्दियातर्फ फर्कंदै गरेको ठाकुरबाबास्थित बेतनी सामुदायिक वन उपभोक्ता समूहको टोली दुर्घटनामा परेको प्रहरीको भनाइ छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक जानकारी  आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु